७५ जिल्लामा निर्वाचन सामग्री वितरण सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
918 views

ललितपुर - ललितपुर – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ ।

निर्वाचन आयोग का अनुसार काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्लामा पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा निर्वाचन सामग्री र मतपत्र बिहीबार पुर्‍याइने आयोगले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube