संयुक्त राज्य अमेरिकाको मिसौरीमा गोलीकाण्ड: दुई प्रहरीको मृत्यु, तीन घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
663 views

ललितपुर - ललितपुर – संयुक्त राज्य अमेरिकाको संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हनहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ ।

क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम मिसौरीको हाइल्याण्ड भिल को दक्षिणमा भएको जनाएको छ । संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेको जनाएको छ ।

कोलले संदिग्धले गोली हानेपछि घटना स्थलमै काउन्टी शेरिफका सहायकको मृत्यु भएको उल्लेख गर्दै अन्य सहायक संदिग्धसँग गोली हानाहानको क्रममा बन्दुकको गोलीको कारण अस्पतालमा मृत्यु भएको र अन्य तीन जना घाइते भएको बताएका छन् ।

पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा गोली हानाहानका घटनाहरू बढ्दै गएकाले असुरक्षा र सामाजिक सङ्कट चर्किएको जनाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube