|
|
२०८२ फाल्गुन १३
561 views
ललितपुर - ललितपुर – हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रवक्ता उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र त्यसमा सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिजनेस पाटी