२०८२ चैत्र २२ | Apr 05, 2026

विपत्तिमा विश्वसँग उभिने युएईको प्रतिबद्धता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
459 views

ललितपुर – नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुवारक जरवान अल शाम्सीले प्राकृतिक विपत्तिलगायत सङ्कटका बेला आफ्नो देशले विश्वसमुदायलाई सहयोग गर्दै आएको र त्यसनिम्ति सधैँ तत्पर रहेको बताउनुभएको छ ।

मुसलमानहरुको पवित्र महिना रमादानका अवसरमा ‘युएई र मानवीय प्रयासः मानवताका निम्ति दिगो रणनीति’ शीर्षकमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ५० लाख बालबालिकालाई कुपोषणबाट जोगाउने अभियान यसै महिना प्रारम्भ गरिने जानकारी दिनुभयो ।

साथै राजदूत शाम्सीले गत वर्ष एक अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहयोग आवश्यक समुदायलाई प्रदान गरिएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया