देशभर मौसम बदली, पहाडी–हिमाली भूभागमा वर्षा र हिमपात सम्भावना

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
663 views

ललितपुर - ललितपुर – हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्सहित हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ । हिमाली भूभागमा सामान्यतया बादल, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया सफा मौसम रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube