सिंहदरबार बनाउन सकिन्छ, तर आमाको कोख भरिँदैन : लामिछाने

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
561 views

ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण गर्न सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ ।

गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारणपछि मात्र सिंहदरबार जलेको दाबी गर्नुभयो ।

‘२३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन,’ उहाँले भन्नुभयो, ‘जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन । रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन । सिंहदरबार हामी पुनः निर्माण गर्छौँ ।

सरकारी संरचना जलेकोमा आफूहरूले गौरव नगरेको स्पष्ट पार्दै उहाँले कसैले पनि प्रश्नभन्दा माथि नरहेको बताउनुभयो ।

लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube