जेनजी आन्दोलनबाट क्षति पुगेको एनसेल सेन्टर पुनः सञ्चालन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
306 views

ललितपुर - ललितपुर –  जेनजी आन्दोलनका क्रममा तोडफोडपछि क्षतिग्रस्त बनेको पोखरास्थित एनसेल सेन्टर आजदेखि पुनः सञ्चालनमा आएको छ ।

पोखराको सिर्जना चोकस्थित सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिग्रस्त बनेपछि बन्द रहेकामा मर्मत सम्भार पश्चात आजदेखि पुनःसञ्चालनमा ल्याइएको हो ।

मर्मतपछि सञ्चालनमा ल्याइएको सेन्टरको आज एक समारोहबीच एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्स प्रालिका अधिकृत एम.प्रसाद गौतमले उद्घाटन गर्नुभयो ।

सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा एक तलामाथिको कार्यालयबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो ।

ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube