|
|
२०८२ फाल्गुन १४
459 views
ललितपुर - ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ ।
बाँकेको जानकी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताउनुभयो ।
मतदातालाई घरघरमा पुगेर रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै सभापति थापाले स्व. सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सुशासनका लागि आगामी पाँच वर्ष ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गरिनेछ ।
विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गरिने र हिजोका गल्ती सच्याएर फोहर सफा गरिने उहाँको प्रतिबद्धता थियो ।
“पेटमा भोक छ, आँखामा सपना छ,” भन्दै उहाँले सङ्कल्पसहित अघि बढ्ने योजना रहेको र पार्टी एकढिक्का रहेको दाबी गर्नुभयो ।

बिजनेस पाटी