|
|
२०८२ फाल्गुन १५
408 views
ललितपुर - ललितपुर – आज बिहान ३ बजेर १८ मिनेटमा संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको बताइएको छ ।
भूकम्पको धक्का दुवै जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । बिहानीपखको निद्रामा रहेका स्थानीयहरू अचानक भूकम्पको धक्का महसुस भएपछि घर बाहिर निस्किएका थिए ।
प्रारम्भिक विवरण अनुसार, हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन । सुरक्षा अधिकारीहरूले स्थिति निगरानीमा राखेको जनाएका छन् ।

बिजनेस पाटी