आजको मौसम : यी प्रदेशमा वर्षाको संभावना

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
663 views

ललितपुर - ललितपुर – हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ, बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

कोशी र बागमतीको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानमा बिहान हुस्सु रहने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल रहनेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान, र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राती तराई भूभागका थोरै स्थानमा तुवाँलो रहनेछ ।

देशका हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल, र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 पात्रो/राशिफल  रेडियो YouTube