|
|
२०८२ फाल्गुन १५
816 views
ललितपुर - ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१ थान हतियार (बन्दुक) बुझाइएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयको सूचनापश्चात् हालसम्म ४८१ थान हतियार प्राप्त भएका हुन् ।
आठ जिल्लामा दुई हजार ५३१ थान इजाजत प्राप्त हातहतियार रहेको तथ्याङ्क भए पनि हालसम्म ४८१ थान मात्र बुझाइएको कार्यालयले जनाएको छ । अझै दुई हजार ५० थान हतियार बुझाउन बाँकी छन् ।
स्थानीय प्रशासनले नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमार्फत हतियार बुझाउन सूचना जारी गरेको थियो ।

बिजनेस पाटी