|
|
२०८२ फाल्गुन १५
612 views
ललितपुर - ललितपुर – यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलबजार–३ का करिब ४३ वर्षीय सन्तोष साह रहेको प्रहरीले जनाएको छ ।
आज बिहान टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लाग्दा टिपरमा आगलागी भएको थियो । गम्भीर घाइते भएका साहलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनापछि प्रहरीले आगो नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल, लहान पठाइएको प्रहरीले जनाएको छ ।

बिजनेस पाटी