|
|
२०८२ फाल्गुन १५
714 views
ललितपुर - ललितपुर – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिकका १४३ अस्थायी केन्द्रमा उक्त कर्मचारी खटाइने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगका अनुसार पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइनेछन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि अन्य कर्मचारीलाई केन्द्रमै प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ ।
निर्वाचनका लागि सामग्री र मतपत्र सबै १६५ निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ ।

बिजनेस पाटी