निर्वाचन सुरक्षालाई राष्ट्रिय जिम्मेवारी ठानी काम गर्न प्रहरी महानिरीक्षकको निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १७
|
816 views

ललितपुर - ललितपुर –  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिँदै भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारीलाई सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा सक्रिय हुन निर्देशन दिनुभएको छ ।

निर्वाचनअघिको तयारी, निर्वाचनको समय र त्यसपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा श्रव्यदृश्य माध्यमबाट प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले राष्ट्रप्रतिको दायित्व नबिर्सन आग्रह गर्नुभयो । सुरक्षा संवेदनशीलताको विश्लेषण गरी रणनीतिसहित कार्यक्षेत्रमा परिचालित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

साथै, नेपाल प्रहरीले भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्ने निर्देशनसमेत दिएको छ । निर्वाचनको सफल र सुरक्षित सञ्चालनका लागि सबै तहका प्रहरी कर्मचारीको सक्रिय भूमिका अपेक्षित रहेको महानिरीक्षकले बताउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube