ललितपुर - ललितपुर – निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सवारीसाधनलाई सहज रूपमा आवतजावतको व्यवस्था मिलाइएको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दमकल, एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक सवारीसाधन तथा खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोक्ने सवारीलाई आवतजावतमा कुनै अवरोध नहुने व्यवस्था गरिएको छ। यस्ता सवारीसाधनलाई पास आवश्यक नपर्ने उनले स्पष्ट पारे ।
त्यस्तै, दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतमा प्रयोग हुने सवारीसाधन तथा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न पास नचाहिने व्यवस्था गरिएको छ ।
हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्ना बच्चा बोकेका महिला, अशक्त वा अपाङ्गता भएका व्यक्ति र एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि सहज आवागमनको सुविधा दिइएको आयोगले जनाएको छ ।
अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई यात्रु बोक्ने सवारीसाधनलाई समेत सहजीकरण गरिनेछ, जसले निर्वाचनको दिन यात्रामा कुनै असहजता नहोस् भन्ने उद्देश्य राखिएको आयोगको भनाइ छ ।

बिजनेस पाटी