|
|
२०८२ फाल्गुन १८
867 views
ललितपुर - प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्रीले समसामयिक विषय तथा निर्वाचनको सन्दर्भमा सम्बोधन गर्न लागेकी हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार सम्बोधन आज दिउँसो हुने तयारी छ । यद्यपि, अहिलेसम्म सम्बोधनको ठ्याक्कै समय भने तय भइसकेको छैन ।
उनले भने, प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा प्रधानमन्त्रीको सम्बोधन आज दिउँसो हुन्छ । तयारी हुँदै छ, तर समय तय भएको छैन ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनपूर्व राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

बिजनेस पाटी