देशभर सवारी दुर्घटनामा १५ जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
714 views

ललितपुर - ललितपुर – देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देहीकञ्चनपुर मा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

प्रहरीले दुर्घटनाका कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ । सवारी साधन चलाउँदा सावधानी अपनाउन र ट्राफिक नियम पालना गर्न सम्बन्धित निकायले बारम्बार आग्रह गर्दै आएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube