कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
765 views

ललितपुर - ललितपुर – कञ्चनपुरमा निर्वाचन ड्युटीमा खटिएका प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । मानसिंह राना पुनर्बास नगरपालिका–९ स्थित जीवनशक्ति आधारभुत मतदानस्थल मा निर्वाचन सुरक्षामा खटिएका थिए । लालझाडी गाउँपालिका–३ बल्मी घर भएका ३५ वर्षीय राना सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका थिए । उपचारका लागि निशर्ग अस्पताल लगिए पनि आज उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाही ले जानकारी दिए। उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यसैगरी, मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। बेदकोट नगरपालिका–७ गाउजीबाट सुडातर्फ जाँदै गरेको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा निरज चौधरी (२३) को मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भीमदत्त नगरपालिका–१८ भगतपुरका बासिन्दा हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार सागर चौधरी (२२) र प्रमोद चौधरी (१९) घाइते भएका छन्। उनीहरूको उपचार मायामेट्रो अस्पताल मा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube