|
|
२०८२ फाल्गुन १९
867 views
ललितपुर - ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथमा लिएर मतदान केन्द्रमा जानुपर्ने व्यवस्था गरिएको छ ।
फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका लागि मान्य कागजातका रूपमा स्वीकार गरिने आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम भएका र फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाता मतदानका लागि योग्य हुनेछन् । उनीहरूले तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।

बिजनेस पाटी