सशस्त्र प्रहरीद्वारा हतियारसहित एक जना नियन्त्रणमा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
918 views

ललितपुर - ललितपुर – सशस्त्र प्रहरी बल ले सूर्यविनायक नगरपालिका (Bhaktapur, Nepal) –८ भुम्डोलबाट एक जनालाई इन्सास राइफलसहित नियन्त्रणमा लिएको छ ।

विशेष टोलीले आयन सेढाईको कोठाबाट उक्त हतियार बरामद गरेको हो । बरामद सामग्रीमा इन्सास राइफल, एसएलआरका चार थान गोली, दुई प्लास्टिक राउन्ड, सर्ट गनमा लाग्ने एक राउन्ड, एउटा खुकुरी र त्यसका दुई दाप, एउटा बञ्चरो र पाँच सिरिन्ज रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा हतियार भदौ २३–२४ मा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा लुटिएको हुनसक्ने आशंका छ । सशस्त्र प्रहरी बल का प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार नियन्त्रणमा लिइएका सेढाईलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरी लाई बुझाइएको छ ।

सेढाई पालुङटार नगरपालिका (Gorkha, Nepal)–९ का स्थायी बासिन्दा हुन् र हाल भक्तपुर भुम्डोलमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube