कालोसूचीमा रहेको पुष्टि भएपछि रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
2.9k views

ललितपुर - ललितपुर – निर्वाचन आयोग (Election Commission of Nepal) ले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण प्राप्त भएपछि उम्मेदवारी रद्द गरिएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

कालोसूचीमा परेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानुनी प्रावधानअनुसार यो निर्णय गरिएको आयोगले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

 पात्रो/राशिफल  रेडियो YouTube