निर्वाचन तयारी: गृहमन्त्रीसहितको टोलीद्वारा ललितपुरका मतदान स्थलको अनुगमन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १९
|
918 views

ललितपुर - ललितपुर – गृहमन्त्री ओमप्रकाश अर्याल सहित उच्च अधिकारीको टोलीले प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाबारे जानकारी लिन ललितपुरका विभिन्न दुर्गम मतदान स्थलको अनुगमन गरेको छ ।

निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था मूल्यांकन गर्न पुगेको टोलीमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारी सहभागी थिए ।

टोलीले निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्ने क्रममा आज बुंमती, गोटिखेल, लेले लगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्‍यो। निरीक्षणका क्रममा सुरक्षा निकायलाई आवश्यक निर्देशनसमेत दिइएको सचिवालयले जनाएको छ ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन र मतदानको वातावरण सहज बनाउन उच्च अधिकारीहरूले निरन्तर अनुगमन गरिरहेको मन्त्रालयले बताएको छ । गृहमन्त्री अर्यालले यसअघि पनि विभिन्न जिल्लामा पुगेर निर्वाचन तयारीको समीक्षा गरेका थिए ।

 पात्रो/राशिफल  रेडियो YouTube