|
|
२०८२ फाल्गुन १९
969 views
ललितपुर - ललितपुर – दाउरा थकाली मा लागेको आगो नियन्त्रणमा आएको छ। उक्त रेष्टुराँ ललितपुर को कुपण्डोल क्षेत्रमा अवस्थित छ । आज दिउँसो करिब ३ः४५ बजे विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक जानकारी आएको छ ।
ललितपुर महानगरपालिका को प्रहरी टोलीले बारुणयन्त्र प्रयोग गरी आगो नियन्त्रणमा लिएको महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । हामी तत्कालै घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा लिएका छौँ, क्षतिको विस्तृत विवरण आउन बाँकी छ, उहाँले भन्नुभयो ।
आगलागीबाट भवनको आठौँ तलामा रहेको दाउरा थकाली रेष्टुराँ पूर्ण रूपमा जलेर नष्ट भएको छ । यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

बिजनेस पाटी