|
|
२०८२ फाल्गुन २२
1.5k views
ललितपुर - ललितपुर – झापा–५ को प्रारम्भिक मतगणनामा बालेन्द्र शाह फराकिलो मतले अगाडि देखिएका छन् । हालसम्म २ हजार ३ सय ३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शाहले १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् । केपी शर्मा ओली ले ३ सय ८४ मत पाएका छन् ।
मतगणना कमल गाउँपालिका का बाँसबारी क र ख तथा गौरादह स्थित मोती मावि मतदान केन्द्रका क र ख बाट सुरु गरिएको हो ।
यसैगरी श्रम संस्कृति पार्टी का समिर तामाङले १३९ मत, नेपाल कम्युनिष्ट पार्टी का रञ्जित तामाङले ५९ मत र नेपाली कांग्रेस की मन्दरा मिचरियाले ४२ मत प्राप्त गरेका छन्। हालसम्म १३७ मत बदर भएको जनाइएको छ ।

बिजनेस पाटी