काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे १,३०८ मतले अघि

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
765 views

ललितपुर - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं–३ मा जारी मतगणनामा रास्वपाका राजुनाथ पाण्डे अग्रस्थानमा रहेका छन्।

हालसम्मको गणनाअनुसार राजुनाथ पाण्डेले ४,६४९ मत प्राप्त गरेका छन् भने उज्यालो नेपालका कुलमान घिसिङले ३,३४१ मत ल्याएका छन्। यससँगै पाण्डे १,३०८ मतान्तरले अघि रहेका छन्।

      निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार कांग्रेसका रमेश अर्यालले १,४८१ मत प्राप्त गरेका छन् भने एमालेका रामेश्वर फुयाँलले ९४९ मतपाएका छन्।

      हालसम्म ११,४५४ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube