मोरङ–३ मा अमिर मगर अघि, सुनिल शर्मा दोस्रो स्थानमा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
765 views

ललितपुर - ललितपुर – मोरङ क्षेत्र नम्बर  मा पनि मतगणना सुरु भएको छ। प्रारम्भिक ५ सय मतगणना हुँदा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता लिएका छन् ।

अमिर मगरले २ सय १८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सुनिल शर्मा १ सय १९ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले १ सय १६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका इरान राईले २८ मत ल्याएका छन् ।

यससँगै मोरङ–३ मा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता कायम गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube