२०८२ चैत्र २१ | Apr 04, 2026

काठमाडौं–१ मा रन्जु ५ हजारभन्दा बढी मतान्तरले अघि

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
816 views

ललितपुर – काठमाडौं–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु न्यौपाने ५ हजार ८४८ मतान्तरले अगाडि देखिएकी छिन ।

हालसम्म २० हजार ८ मत गणना हुँदा न्यौपानेले १० हजार ५८१ मत प्राप्त गरेकी छिन । नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी का रवीन्द्र मिश्र ले २ हजार ७४४ मत प्राप्त गरेका छन् । नेकपा एमाले का मोहनराज रेग्मीले ८६५ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया