२०८२ चैत्र २१ | Apr 04, 2026

रौतहट –४ मा रास्वपालाई सुरुवाती अग्रता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
816 views

ललितपुर – प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट  क्षेत्र नं. ४  मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सुरुवाती अग्रता लिनुभएको छ । तीन  हजार ६९  मतको गणना गर्दा पौडेलले १ हजार ९०८  मत पाउनु भएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत उद्धव ढोडारिले जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिनाले ५३६  मत, नेपालि कम्युनिष्ट  पार्टीका उम्मेदवार राम कुमार भट्टराइले ३७९ मत, नेकपा एमालेका उम्मेदवार रामजी साह सोनारले ६९ मत पाउनुभएको छ ।

यस्तै, जनमत पार्टीका पार्टीका उम्मेदवार कल्याण पटेलले १५ मत, जनता समाजवादी पार्टी नेपालका राज कुमार दाश तत्माले २४ मत, आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले ६ मत पाउनु भएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया