२०८२ चैत्र २१ | Apr 04, 2026

रास्वपाको विजय यात्रा: काठमाडौं–१ र काठमाडौं–८ मा जीत निश्चित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
867 views

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी ले अभूतपूर्व जनसमर्थनसहित विजय अभियानलाई अघि बढाएको छ । देशका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिइरहँदा काठमाडौं–१काठमाडौं–८ मा मतगणना नसकिँदै रास्वपा उम्मेदवारको जीत सुनिश्चित भएको छ ।

प्राप्त जानकारीअनुसार गन्न बाँकी मतभन्दा अग्रता बढी भएकाले रञ्जु दर्शना \को जीत काठमाडौं–१ मा निश्चित भएको छ । यस्तै काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठको पनि विजय सुनिश्चित भएको जनाइएको छ ।

रास्वपाले देशभर जनमत प्राप्त गरिरहेको र नयाँ राजनीतिक विकल्पप्रति नागरिकको विश्वास बढ्दै गएको नेताहरूले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया