पर्सा–३ मा रास्वपाका चौरसिया निर्वाचित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २४
|
612 views

ललितपुर - ललितपुर – पर्सा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उहाँले २९ हजार ६७९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याउनुभयो । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार रूपेशकुमार पाण्डेले ११ हजार ९१४ मत ल्याउनुभयो भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलालप्रसाद यादवले दुई हजार १३७ मत ल्याउनुभयो ।

पर्सा–३ बाट २३ उम्मेदवारले उम्मेदवारी दिनुभएको छ । यहाँ नौ जना स्वतन्त्र उम्मेदवार र १४ जना दलीय उम्मेदवार हुनुहुन्छ । पर्सा–३ मा कुल मतदाता ९६ हजार ५४२ जनामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube