२०८२ चैत्र २१ | Apr 04, 2026

विश्वकपको उपाधि जित्न भारतद्वारा न्युजिल्यान्डलाई २५६ रनको लक्ष्य

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २४
|
510 views

ललितपुर – भारतले आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न न्युजिल्यान्डलाई २५६ रनको चुनौती दिएको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २५५ रनको योगफल बनाएको हो । भारतका लागि सञ्जु सैमसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा पाँच चौका र आठ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।

त्यस्तै, अभिषेक शर्माले २१ बलमा ५२ रन जोडे भने इशान किशनले २५ बलमा ५४ रन बनाए । त्यस्तै, हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए । कप्तान सूर्यकुमार यादव एक बलमै आउट भए । अन्त्यतिर शिवम दुबेले आठ बलमा २६ रन बनाए भने तिलक बर्मा आठ रनमा अविजित रहे ।

बलिङतर्फ न्युजिल्यान्डका लागि जेम्स निशमले तीन विकेट लिए । त्यस्तै, म्याट हेनरी र रचिन रवीन्द्रले समान एक–एक विकेट लिए । अब विश्वकपको उपाधि जित्न न्युजिल्यान्डले २० ओभरमा २५६ रन बनाउनुपर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया