निर्वाचनमा बालेनको खर्च १४ लाख

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २५
|
510 views

ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ भएको जानकारी दिएका छन् ।

सोमबार (फागुन २५) बालेनको टोलीले निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले उक्त रकम निर्वाचनका क्रममा खर्च गरेको उल्लेख गरिएको छ ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली लाई पराजित गर्दै विजय हासिल गरेका थिए ।

निर्वाचन अभियानका विभिन्न शीर्षकमा गरी कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरिएको जनाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube