२०८२ चैत्र २१ | Apr 04, 2026

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २५
|
765 views


ललितपुर – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार आज सम्पन्न मतगणनामा गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्री १५ हजार ३९८ मत ल्याएर पराजित भए ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी का हरिराज अधिकारी ले ११ हजार १२४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामचन्द्र लामिछाने ले ३ हजार ७३२ मत पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया