|
|
२०८२ फाल्गुन २६
714 views
ललितपुर – सोमबार सम्पन्न प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणनामा अधिकांश नयाँ अनुहार विजयी भएका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): १६५ निर्वाचन क्षेत्रमध्ये १२५ सिटमा विजयी
- पूर्वसंसदमा २१ सदस्यमध्ये १२ जना दोहोरिएका, बाँकी ११३ नयाँ अनुहार
- नेपाली कांग्रेस: १८ सिट
- नेपाल कम्युनिष्ट पार्टी (एमाले): ९ सिट
- नेपाली कम्युनिष्ट पार्टी: ८ सिट
- श्रम संस्कृति पार्टी: ३ सिट
- राष्ट्रिय प्रजातन्त्र पार्टी: १ सिट
- स्वतन्त्र उम्मेदवार: १ सिट
केही प्रमुख विजेताहरू
झापा:
- क्षेत्र नं १: निशा डाँगी
- क्षेत्र नं २: इन्दिरा राना मगर
- क्षेत्र नं ५: बालेन्द्र शाह
मोरङ:
- क्षेत्र नं १: यज्ञमणि न्यौपाने
- क्षेत्र नं ६: रुबिना आचार्य
सुनसरी:
- क्षेत्र नं २: लालविक्रम थापा
- क्षेत्र नं ४: दीपककुमार साह
काठमाडौँ (रास्वपा)
- क्षेत्र नं १: रन्जु न्यौपाने
- क्षेत्र नं ८: विराजभक्त श्रेष्ठ
- क्षेत्र नं १०: प्रदीप विष्ट
भक्तपुर, ललितपुर, चितवन, गोरखा, स्याङ्जा, पाल्पा, दाङ, बाँके, बर्दिया लगायत विभिन्न जिल्ला पनि नयाँ अनुहार विजयी भएका छन् ।
नेपाली कांग्रेस: १८ मध्ये १४ जना नयाँ अनुहार
नेपाल कम्युनिष्ट पार्टी (एमाले): ९ मध्ये ३ जना नयाँ
नेपाली कम्युनिष्ट पार्टी: ८ मध्ये ३ जना नयाँ
श्रम संस्कृति पार्टी: ३ जना सबै नयाँ
राष्ट्रिय प्रजातन्त्र पार्टी: १ जना पुरानो सांसद
स्वतन्त्र उम्मेदवार: १ नयाँ अनुहार
समानुपातिक निर्वाचन प्रणाली
अहिलेसम्म छ वटा दलले कुल गणना मतको ३ प्रतिशत कटाएका छन् ।
समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ।
आज अपराह्न २ बजेसम्म एक करोड ५ लाख मत गणना भइसकेको छ ।
कुल ११० सिटका लागि ५७ राजनीतिक दल प्रतिस्पर्धा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया