समानुपातिकतर्फ एक करोडभन्दा बढी मत गणना

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
2.8k views

ललितपुर - ललितपुर । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको राति १२ः०० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १४ हजार १८५ मत प्राप्त गरेको छ ।

नेपाली काग्रेसले १७ लाख ३८ हजार ९८, नेकपा (एमाले)ले १४ लाख ४३ हजार ८६४, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ९६ हजार ६३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी श्रम संस्कृति पार्टीले तीन लाख ७६ हजार ७०० र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २८ हजार ७३० मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार २०३, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७० हजार ८३२, जनमत पार्टीले ७८ हजार ७९४ मत प्राप्त गरेको छ ।

मतगणना जारी छ ।

 पात्रो/राशिफल  रेडियो YouTube