|
|
२०८२ फाल्गुन २७
1.4k views
ललितपुर – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् ।
यसैगरी, भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित भरतपुर महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डे पक्राउ परेका छन् ।
प्रहरीले मङ्गलबार उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया