२०८२ चैत्र २२ | Apr 05, 2026

भरतपुर महानगरमा बसपार्क बाहेक टिकट निषेध

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
612 views

ललितपुर – भरतपुर महानगरपालिकाले मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थालाई सुधार गर्न बसपार्क बाहिर सवारी कर सङ्कलन बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला यातायात व्यवस्थापन समितिको मङ्गलबारको बैठकले अब सवारी कर केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्कबाट मात्र सङ्कलन हुने व्यवस्था गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार, बैठकले यातायात व्यवसायीहरूलाई आफ्नो सवारीसाधन पार्किङ गरेर नियमानुसार राजश्व बुझाउन निर्देशन दिएको छ ।

बैठकले भरतपुर महानगर क्षेत्रमा रहेका सबै यातायात व्यवसायी संस्थाका टिकट काउण्टर ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्नुपर्ने र बसपार्क बाहेक अन्यत्रबाट टिकट बिक्री नगर्नुपर्ने स्पष्ट पारेको छ । नारायणगढ बजारको मुख्य सडकमा अव्यवस्थित पार्किङ तुरुन्त बन्द गर्न र पुल्चोक लगायतका क्षेत्रका पेट्रोलपम्पमा अनावश्यक पार्किङ गरी यात्रु चढाउने कार्य नगर्न भनिएको छ ।

यसअघि बसेको बैठकले लामो र छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउण्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णयहरू गरेको थियो । शर्माले ती निर्णयहरू कडाइका साथ कार्यान्वयन गर्न सबै सम्बन्धित पक्षलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया