२०८२ चैत्र २२ | Apr 05, 2026

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
816 views

ललितपुर – टक्सार पिखुवा खोला हाइड्रोपावरले आजबाट प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत (४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबर) का ४२ लाख ३० हजार ६ सय ६८ कित्ता सेयर निष्काशन गर्नेछ ।

यसमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । स्थानीय तथा वैदेशिक रोजगारीमा गएकाहरूले आईपीओमा न्यूनतम १० कित्ताअधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन ११ गतेसम्म खुला रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया