२०८२ चैत्र २२ | Apr 05, 2026

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइ गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
1.1k views

ललितपुर – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दायर रिट पूर्ण सुनुवाइका लागि आदेश दिएको छ ।

यो रिट सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको संशोधन गर्न महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध दायर भएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस सम्बन्धमा आगामी चैत १ गते पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको सर्वोच्च प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

अदालतको आदेशमा भनिएको छ, विरोधीहरूको लिखित जवाफ परिसकेको वा म्याद नाघिसकेको र रिट निवेदनमा उठाइएको विषयवस्तु तत्काल सुनुवाइ आवश्यक देखिँदै, पेसी स्थगित नगरी मिति २०८२/१२/१ मा पूर्ण सुनुवाइका लागि पेस गर्नु ।

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि सहकारी र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया