ललितपुर - ललितपुर – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४% ले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि अघिल्लो वर्षको ५.६% को तुलनामा सुस्त देखिएको छ, जसले अर्थतन्त्रमा लगानी र उत्पादन क्षेत्रको माग कमजोर रहेको संकेत दिन्छ ।
तर बैंकिङ प्रणालीमा निक्षेप भने तीव्र गतिमा बढिरहेको छ। माघसम्म कुल निक्षेप ६% अर्थात् ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँले बढेर ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ। वार्षिक आधारमा निक्षेप १४.९% ले बढ्नुले बैंकहरूमा तरलता पर्याप्त रहेको देखाउँछ, तर उक्त तरलता कर्जा विस्तारमा रूपान्तरण हुन सकेको छैन ।
क्षेत्रगत कर्जा वितरण
- उपभोग्य क्षेत्र: १०.६% वृद्धि
- निर्माण: ८.७% वृद्धि
- यातायात, सञ्चार, सार्वजनिक सेवा: ६.८% वृद्धि
- औद्योगिक उत्पादन: ४.८% वृद्धि
- सेवा उद्योग: १.१% वृद्धि
- कृषि क्षेत्र: १.४% घट्नु चिन्ताजनक
- वित्त, बीमा, अचल सम्पत्ति: १.९% घट्नु
कुल कर्जामध्ये ६३.८% घरजग्गा धितोमा आधारित छ, जुन अघिल्लो वर्षको ६५.१% भन्दा केही घटेको हो।
कर्जाको प्रकृति अनुसार वृद्धि
- ट्रष्ट रिसिट (आयात) कर्जा: १६.२%
- मार्जिन कर्जा: ११%
- हायर पर्चेज कर्जा: ९.३%
- आवधिक कर्जा: ३.१%
- रियल इस्टेट कर्जा: २.५%
- क्यास क्रेडिट कर्जा: २.१%
- माग तथा अन्य चालु पुँजी कर्जा: १.८%
- ओभरड्राफ्ट कर्जा: ३.४% घटेको
मार्जिन र हायर पर्चेज कर्जा बढ्नु उपभोग र सवारी साधन खरिदतर्फ झुकाव बढेको संकेत हो ।
कर्जा वितरण क्षेत्र अनुसार
- गैर–वित्तीय संस्थागत क्षेत्र: ६२.६%
- व्यक्तिगत/घरपरिवार क्षेत्र: ३७.४%
(अघिल्लो वर्ष ६३.८% र ३६.२%)
निक्षेप संरचना
- चालु निक्षेप: ६.५%
- बचत निक्षेप: ४२.८%
- मुद्दती निक्षेप: ४१.६%
अघिल्लो वर्ष क्रमशः ५.२%, ३४.८%, ५२.४% थियो। यसले दीर्घकालीन निक्षेपको आकर्षण कम भएको देखाउँछ।
संस्थागत निक्षेपको हिस्सा ३४.३% रहेको छ, अघिल्लो वर्ष ३५.३% थियो ।

बिजनेस पाटी