|
|
२०८२ फाल्गुन २८
7.1k views
ललितपुर - ललितपुर – इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले आफ्नो नियुक्तिपछि बिहीबार ‘केही क्षणमा’ पहिलो सन्देश जारी गर्ने उहाँको आधिकारिक टेलिग्राम च्यानलले जनाएको छ।
‘इस्लामिक क्रान्तिका सर्वोच्च नेता अयातोल्लाह सैयद मोजतबा होसेनी खामेनीको पहिलो सन्देश केही क्षणमै सार्वजनिक हुनेछ,’ च्यानलले भनेको छ।
सन्देशमा ‘इरानी क्रान्ति (परिवर्तन) का नेता अली खामेनीको हत्या, नागरिकको शत्रुसँग व्यवहार गर्ने भूमिका र कर्तव्य, सशस्त्र बल, कार्यकारी निकाय, प्रतिरोध मोर्चाका साथै यस क्षेत्रका देशहरूसँगको इरानको सम्बन्ध र आगामी दिशाबारे सम्बोधन गरिनेछ ।

बिजनेस पाटी