२०८२ चैत्र २२ | Apr 05, 2026

ओलीका पिताको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
459 views

ललितपुर – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको केहीबेरमै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ ।

शुक्रबार बिहान ११ बजेपछि उनको दाहसंस्कार सम्पन्न हुने सचिवालयले जानकारी दिएको छ ।

अन्त्यष्टि कार्यअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि गुन्डुस्थित ओली निवासमा राखिएको थियो । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यसहित परिवारका अन्य सदस्यहरूले अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्वर्गीय मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान ३ बजेतिर कोरियन अस्पताल, गठ्ठाघरमा निधन भएको हो ।

उनका दुई छोरा र तीन छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया