२०८२ चैत्र २२ | Apr 05, 2026

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
510 views

ललितपुर – पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ फागुन २९ गते शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले फागुन १२ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

यस आईपीओमा २४ लाख १३ हजार ५१७ जना लगानीकर्ताले कुल २ करोड ६३ लाख १० हजार ९७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द गरिएको छ ।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा (लटरी) प्रणालीमार्फत आईपीओ बाँडफाँट गरिएको हो। बाँडफाँट अनुसार ४ लाख ५० हजार आवेदकले जनही १० कित्ता शेयर प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया