६ कम्पनीको १ करोड २३ लाखभन्दा बढी बोनस नेप्सेमा सूचीकृत

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
765 views

ललितपुर - ललितपुर – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न ६ कम्पनीका १ करोड २३ लाख ४८ हजार ३९० कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।

सूचीकृत भएका शेयर सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाइड्रोपावर लिमिटेडसर्वोत्तम सिमेन्ट लिमिटेडका हुन् ।

कुन कम्पनीको कति बोनस शेयर सूचीकृत ?

  • सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड – ५ प्रतिशतका दरले २५ लाख १५ हजार ६ सय १६ कित्ता बोनस शेयर ।
  • स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड – १४.२५ प्रतिशतका दरले ११ लाख १७ हजार ९१.२७४३ कित्ता बोनस शेयर।
  • स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड – ५.६३६५ प्रतिशतका दरले ९ लाख ३३ हजार ७ सय ५० कित्ता बोनस शेयर ।
  • छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड – १२.५ प्रतिशतका दरले ४० लाख १९ हजार १ सय ८२.३३५ कित्ता बोनस शेयर ।
  • सिक्लेस हाइड्रोपावर लिमिटेड – १५ प्रतिशतका दरले १३ लाख ७५ हजार कित्ता बोनस शेयर ।
  • सर्वोत्तम सिमेन्ट लिमिटेड – ५ प्रतिशतका दरले २४ लाख ८७ हजार ७ सय ५० कित्ता बोनस शेयर ।

सूचीकृत भएसँगै यी कम्पनीका बोनस शेयर अब सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबारयोग्य हुनेछन् ।

 पात्रो/राशिफल  रेडियो YouTube