ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ बनेका छन् । प्रमुख स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछाने हाल काठमाडौंको निवासमै आराम गरिरहेका छन् ।
उनलाई केही दिनदेखि ज्वरो आएको छ भने चिकित्सकको प्रारम्भिक जाँचमा पिशाबमा इन्फेक्सन देखिएको थियो । लामिछाने नियमित औषधि सेवन गरिरहेका छन्, तर ज्वरो अझै रोकिएको छैन । चिकित्सकले उनलाई अझ एक–दुई दिन आराम गर्न सुझाव दिएका छन् ।
हिजो रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह लामिछानेलाई निवासमै भेट्न पुगेका थिए । चुनावको नतिजापछि यो दुवै नेताबीचको पहिलो भेट भएको थियो । स्वकीय सचिव आचार्यका अनुसार भेटमा वान–टु–वान कुराकानी भएको थियो ।
स्रोतका अनुसार भेटमा दुई विषयमा सामान्य छलफल भएको थियो:
- समानुपातिक तर्फका उम्मेदवार छान्ने प्रक्रिया, जुन पर्सीसम्म पूरा गर्नुपर्ने छ ।
- बालेन्द्र नेतृत्वको मन्त्रीपरिषदको गृहकार्य, जुन आगामी कार्यतालिकामा समेटिएको छ ।
रास्वपाले यी निर्णयहरू अघि बढाउन लामिछानेको स्वास्थ्यस्थितिको सुधारको पर्खाइमा रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया