निर्वाचित सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति महासंघको आपत्ति

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २९
|
714 views

ललितपुर - ललितपुर – नेपाल शिक्षक महासंघले शिक्षक तथा शिक्षण पेशाप्रति व्यक्त गरिएको अमर्यादित अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यो आपत्ति राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खगेन्द्र सुनारको पुरानो अभिव्यक्ति सामाजिक सञ्जालमा पुनः भाइरल भएपछि उठेको हो । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै यस विषयमा आपत्ति जनाएको हो ।

महासंघका अनुसार शिक्षक र कर्मचारीको पेसागत मर्यादा र स्वाभिमानविरुद्धका अभिव्यक्ति र व्यवहार स्वीकार्य छैनन् । विज्ञप्तिमा भनिएको छ

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित एक जना सांसदबाट शिक्षक र शिक्षण पेसाप्रति अभिव्यक्त अमर्यादित शब्द र आशयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघले सांसद सुनारलाई पदीय गरिमा सम्झाउँदै यस्तो अभिव्यक्ति दिएकोमा खेद प्रकट गरेको छ । साथै उनले सार्वजनिक रूपमा क्षमा माग्नभविष्यमा यस्ता विचार व्यक्त नगर्न आग्रह गरिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सुनारले शिक्षकप्रति आपत्तिजनक टिप्पणी गर्दै अतीतमा शिक्षकहरूले विद्यार्थीलाई कडा व्यवहार गरेको प्रसंग उल्लेख गर्दै त्यस्तो मास्टरलाई पनि पैतालामा बाँसको भाटा हान्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा र विवाद सिर्जना गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube