ललितपुर - – ऋतु आसीक
सिंहदरबार जलाउनेको जत्था
चुनाव भन्दा माथि उठेर
जीतको ललीपप चुसेर
चुनावी हुङ्कार छर्दै आइरहेका छन् ।
देश माथि आगोको मुस्लो छर्दै,
राष्ट्र जलाउँदै आइरहेका छन् ।
देश जलाउनेहरूलाई
हामी नेपालीहरूले शासन भार छोडिदिनु पर्ने ?
हाम्रा पुर्खाहरूद्वारा निर्माण गरिएको देश
देशघात गरिने हुललाई शासन दिनुपर्ने ?
हामीले आफूलाई
माटोप्रति घात माथि घात हुँदा –
मौनता साँधेर देशद्रोहीहरूलाई
शासन व्यवस्थाको तालमेलमा
आफूलाई होच्याउँदै
देश माथि घात
देश माथिको अपमान सहँदै –
देशद्रोहीको भीडलाई
देशले सत्ता सुम्पनु पर्ने ?
देशप्रति घात प्रतिघातको मौनतामा
हामीले आफूलाई सुपुर्दगी गरिनु पर्ने ?
देश माथि भएको अन्यायको साक्षी बस्नु पर्ने ?
देश प्रतिको घात प्रतिघातमा
लाटोकोसेरो टोलाएको दृश्यमा
आफूलाई सम्हाहित गर्नु पर्ने ?
मेरो देशको वैभवता
मेरो देशको उचाइ
हामी आफैँले छोट्याउनुको मनोदशा
पीडा माथि पीडाको मौनता
हामी आफूलाई प्रतिरोधका बिरुद्ध उठाउँदैनौ ?
देश दुःखी रहदा हाम्रो मौनता
धिक्कारी र मृत्यु वरणका दृश्यहरू
म कसरी मौनता साध्न सक्छु ?
देशप्रति घात माथि घात भइरहदा
मौनतामा आफूलाई सम्हाल्न सक्छौँ ?
मेरो देश आफ्नो जीवनकालमा
पीडा र आघातका स्वरहरू सुनिएको थिएन ।
देशले आफूलाई बाधा पन्छाउँदै लडिरहेको थियो ।
ती लडाइँमा आफूलाई गौरववोध गरेको हुन्थ्यो ।
इतिहासका परिवेशहरूमा गौरान्वित उठाउँदै थियो ।
इतिहासका चरण–चरणमा आफूलाई उठाउँदै थियो ।
भारत, अमेरिकी शैलीहरूको
पुनरावृतका दृश्यहरू देखिन थालेका छन् ।
देशलाई थला पार्ने
देशलाई थिल÷थिलो पार्ने हरकतहरू
छिमेकीहरूमा देखिन थालेका छन् ।
मेरो देशले आफूलाई
अविचल, अक्षुणत
छिमेकीका बेइमानीहरू चिरिनु पर्छ ।
देशद्रोही जुनसुकै कलेवरमा हुन चिरिनु पर्छ ।
स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्र सेनानी – २०७४
आँपगाछी, तरहरा, इटहरी
बुधबार, २९ फाल्गुण २०८२

बिजनेस पाटी