दुई दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ३०
|
1k views

ललितपुर - ललितपुर – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ । उहाँको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो ।

उहाँ बिहीबार खाना खाएर घरबाट निस्किनुभएको थियो । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ । आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताउनुभयो । “उहाँको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube