मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ३०
|
1.3k views

ललितपुर - ललितपुर – सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका आनुसार दुर्घटनामा छ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृत्यु हुनेमा सबै भारतीय नागरिक रहेका छन् ।

प्रहरी उपरीक्षक विकले प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै माइक्रोमा १३ जना यात्रु सवार रहेको थिए । घाइते तथा मृतकको पूर्ण विवरण अझै आउन बाँकी रहेको बताउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube