ललितपुर - ललितपुर – इरानसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताउनुभएको छ।
नेबेन्जियाले शुक्रबार सञ्चारकर्मीसँग भन्नुभयो, “इरान एक स्वतन्त्र राष्ट्र भएको नाताले उसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने र नागरिक तथा नागरिक पूर्वाधारमाथिको आक्रमणलाई स्वीकार नगर्ने अधिकार छ ।”
बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषदमा पारित हुन असफल भएको मध्यपूर्वमा जारी सैन्य द्वन्द्वलाई सम्बोधन गर्ने रुस प्रायोजित प्रस्तावको उल्लेख गर्दै रुसी कूटनीतिज्ञले समाचार संस्था आरटीसँग भन्नुभयो, “अहिले मध्यपूर्वको स्थिति वास्तवमै भयावह छ र हामी कूटनीतिक समाधानका लागि आह्वान गर्दछौँ । हाम्रो प्रस्तावको पक्षमा मतदान नगरेर उनीहरूले लिएको अडान उनीहरूको इरान, इरानी नागरिक भूगोलको लागि अन्तरराष्ट्रिय कानुनद्वारा प्रदत्त अधिकार र जिम्मेवारी हो।”
सैन्य कारबाही तत्काल रोक्न सबै पक्षलाई आग्रह गर्ने मस्यौदा प्रस्तावलाई पक्षमा चार, विपक्षमा दुई र नौ अनुपस्थित मतले अस्वीकृत भएको थियो ।
रुस, चीन, पाकिस्तान र सोमालियाले पक्षमा मतदान गरेका थिए भने अमेरिका र लाटभियाले विपक्षमा मतदान गरेका थिए ।
इरानविरुद्ध अमेरिका–इजरायलले गरेको व्यापक हवाई आक्रमण र गोलाबारी असफल भएको नेबेन्ज्याले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई थाहा छैन के हुन्छ । आक्रमण असफल भएको छ । उनीहरूले इरानी शासनलाई पतन गराउने उद्देश्यले गरेको आक्रमणमा अमेरिकीहरूको अनुमान अनुरुप इरानी जनताले विद्यमान् इरानी सत्ताविरूद्ध विद्रोह गरेनन् ।

बिजनेस पाटी